corona

टप फिचर

थप ३४२१ जनामा संक्रमण पुष्टि, २५ संक्रमितको मृत्यु

By Thah Online

July 26, 2021

काठमाडौँ । पछिल्लो समय नेपालमा पुनः दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार २७२ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १२ हजार २४० जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ३९१ जना र ५ हजार ३२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १हजार ६८६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ६ लाख ४५ हजार ३०१ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २५ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ७३८ पुगेको छ ।