Banner First

रवीन्द्र मिश्रको प्रस्ताव : धर्म निरपेक्षतबारे जनमत संग्रह गरौँ

By Thah Online

July 26, 2021

काठमाडौँ ।  विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सङ्घीयता खारेज र जनमत सङ्ग्रह गर्नुपर्ने प्रस्ताव राखेका छन् । पार्टीको आन्तरिक छलफल र बहसका लागि भन्दै ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ शीर्षकको अवधारणा पत्रमार्फत स्थानीय निकायलाई पुनर्संरचना, सङ्घीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत सङ्ग्रहमा जानुपर्ने धारणा अगाडि सारेका छन् । 

विप्लव समूहले संसदीय व्यवस्था कि समाजवाद रोज्ने भन्नेबारे जनमत सङ्ग्रहको प्रस्ताव अगाडि सारेका बेला विवेकशील साझा पार्टीका संयोजक समेत रहेका मिश्रले सङ्घीयता र धर्म निरपेक्षतामाथि प्रश्न उठाउँदै जनमत सङ्ग्रहको माग अगाडि सारेका हुन् ।

सङ्घीयता थप भ्रष्टाचार र आर्थिक भारतको स्रोत भएको दाबी गर्दै नेपालको अखण्डताको लागि घातक भनेको सङ्घीयता भएकोले सङ्घीयता खारेज गर्नुपर्ने प्रस्ताव नेता मिश्रले विज्ञप्ति मार्फत भनेका छन् ।  विज्ञप्तिमा भनिएको छ, एकतिर जानुपर्ने मान्छे अर्कोतिर हिँडेर नपुगिने पनि उनको भनाइ छ । दस्ताबेजमा भनिएको छ, ‘गोरखा जानुपर्ने मान्छे, गोरखपुरतिर हिँडेर कहिले गोरखा पुगिँदैन। लोकतान्त्रिक अधिकारको कुरा हो, कसैलाई गोरखपुर नै प्यारो लाग्छ भने गए हुन्छ। तर गोरखपुर त्यस्तो गन्तव्य हो जहाँ पुगिसकेपछि मार्ग परिवर्तन गर्ने कुनै सम्भावना रहँदैन।’ 

साथै, धर्मनिरपेक्षताबारे जनमत सङ्ग्रह र स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयताको खारेजी नेपालको परिप्रेक्ष्यमा अग्रगमन हो, पश्चगमन होइन । यो मार्ग परिवर्तन हो ।’ 

नेपालमा सङ्घीयता शिशु अवस्थामै रहेकाले देशले राजनीतिक, आर्थिक र भूराजनैतिक कुनै पनि दृष्टिकोणबाट त्यसको भार पनि धान्न नसक्ने उनले औँल्याएका छन् । साथै, यस्ता विज्ञ तथा सर्वसाधारणको कमी नभएको पनि उनको भनाइ छ ।

दस्ताबेजमा भनिएको छ,  संविधान निर्माण हुनुअघि सङ्घीयताको पक्षमा देखिएका कयौँ नेता तथा सर्वसाधारणहरू समेत सङ्घीयताले सिंहदरबारको भ्रष्टाचार गाउँ गाउँसम्म पु¥याएको, अनावश्यक रूपमा जनप्रतिनिधि तथा कर्मचारीको सङ्ख्या बढाएको बताउँदै आएका थिए,’ विज्ञप्तिमा अगाडी भनिएको छ , ‘शासकीय दृष्टिकोणबाट झन् भाँडभैलो फैलाएको, सङ्घीयताको आर्थिक बोझ अर्थतन्त्रले धान्न नसक्ने देखिँदै गएको, र दीर्घकालमा यसले देशको अखण्डतामाथि समेत प्रश्न सृजना गर्ने सम्भावना बढेको भन्दै आलोचना गर्न थालेका छन् ।’