सन्तोष अधिकारी
दाङ, २९ माघ । पाण्डवेश्वरी मन्दिर धारापानीमा लाग्ने शिबरात्रीको अबसरमा लाग्ने मेलामा चल्ने सवारी साधनको भाडादरमा एकरुपता कायम गरिएको छ । मन्दिर व्यवस्थापन समिति र सरोकारवालाहरुको बैठकले यस्तो सहमति गरेको हो । छलफल कार्यक्रममा सहभागी सरोकारवाला निकायहरुले निर्णय कार्यान्वयनमा कडाई गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । विश्वकै अग्लो त्रिशुल रहेको पाण्डवेश्वर महादेव मन्दिरमा हरेक वर्ष शिवरात्रीको दिन मेला लाग्दै आएको छ ।
यस वर्ष फागुन १ र २ गते धारापानी मन्दीरमा लाग्ने मेला अवधिभर चल्ने सवारी साधनले एकै प्रकारको भाडादर लिने सहमती गरेका हुन् । ट्याम्पो तथा ईलेक्ट्रोनिक्स रिक्साले घोराही वजार क्षेत्रदेखी मन्दिर सम्म प्रतिव्यक्ति एक सय रुपैया भाडा लिने सहमती भएको छ भने बस तथा ट्याक्सीले ५० रुपैया सम्म लिने सहमति भएको छ । आईतवार भएको छलफलमा राप्ति सार्वजनीक वस व्यवसायी समितिका मानबहादुर राना, लालीगुँरास टेम्पो तथा ई रिक्सा समिति, बराहदेव टेम्पो तथा ई रीक्सा समिति लागाएतका व्यवसायीहरुको सहभागिता रहेको थियो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संजय आचार्य, नारायण तर्ताल लगाएतले मन्दिर सवैको साझा सम्पत्ती भएकोले यसको सम्वद्र्धनमा सवै मिलेर लाग्नुपर्ने बताएको बताउँनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।