इजरायलले नेपालबाट एक हजार केयरगिभर माग्यो, डेढ हप्ताभित्र विज्ञापन खुलाउने तयारी



काठमाडौँ । इजरायलले नेपालबाट हजार जना कामदार माग गरेको छ । उसले नेपालबाट सुसुरे ‘केयरगिभर’को माग गरेको वैदेशिक रोजगार विभागले जानकारी दिएको हो ।

इजरायलले मागेको श्रमिकका लागि एक डेढ हप्ताभित्र विज्ञापन खुलाउने तयारी विभागको तयारी छ । इजरायलमा केयरगिभरका लागि जाने कामदारका लागि २१ दिनको म्याद राखेर आवेदन खुलाउने तयारी गरेको छ । इजरायलमा केयरगिभरमा जानका लागि उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । शैक्षिक योग्यता कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यताप्राप्त तालिम लिएको हुनुपर्नेछ ।

इजरायल र नेपालबिच भएको सम्झौतामा पहिलो चरणमा ५ सय जना मात्रै कामदार लाने उल्लेख छ । त्यसैले दुई पटक विज्ञापन गर्ने विभागको तयारी छ । नेपाल र इजरायल सरकारबिच बिच २०७७ असोज १४ गते नेपाली श्रमिक इजरायल पठाउने विषयमा श्रम सम्झौता सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्