आज पनि ओरालो लाग्यो सुनको मूल्य



सुनको मूल्य आज पनि ओरालो लागेको छ । सोमबारको तुलनामा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ३०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलवार सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । गत सोमबार बजारमा प्रतितोला एक सय रुपैयाँले बढ्दै सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत ३०० रुपैयाँले नै घट्दै ९१ हजार ३०० रुपैयाँमा कायम भएको छ । यता, चाँदीको मूल्य भने आज मङ्गलवार पनि स्थिरता कायम हुँदै प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्