सैघाली खबर
काठमाडौं,२९ माघ
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आज समानुपातिक सासंसद्को सुचि निर्वाचन आयोगले बुझाउँदैछन् । कांग्रेस र माओवादीले निर्वाचन आयोगलाई प्रतिनिधिसभा तर्फ आफ्नो भागमा परेका समानुपातिका सासंद्हरुको सुचि बुझाउन लागेकाहुन् ।
नेकपा एमालेले भने हिजोनै समानुपातिक सांसद्को सुचि बुझाइसकेको छ । आफ्नो भागमा परेकमा ३७ महिला र ४ पुरुष गरी एमालेले ४१ जनाको सुचि निर्वाच आयोगलाई बुझाएको हो । समानुपातिका सांसद्को नाम टुंगो लगाउन आज कांग्रेसको बैठक बस्ने बताइएको छ । पार्टी पुष्पकमल दाहाल प्रचण्ड हिजो राजधानी बाहिर रहनुभएकाले आज बैठक बसेर समानुपातिक सासंसद्को नाम टुंगो लगाउने माओवादी केन्द्रले तयारी गरीरहेको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।