टप फिचर

कांग्रेसले बनायो चार लाख नयाँ क्रियाशील सदस्य

By Thah Online

July 27, 2021

काठमाडौँ । नेपाली काँग्रेसमा चार लाखभन्दा बढी नयाँ क्रियाशील सदस्य थपिएका छन् । १४ औँ महाधिवेशनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई काँग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएकोमा चार लाख नौ हजार ३३ जना नयाँ क्रियाशील सदस्य थपिएका हुन् ।

नेपाली काँग्रेसका क्रियाशील सदस्यको सङ्ख्या साढे ८ लाख पुगेको छ। चार लाख ४३ हजार ६ सय ७८ जना नयाँ सदस्य थपिएसँगै सङै काँग्रेसमा क्रियाशील सदस्यको सङ्ख्या ८ लाख पुगेको हो ।

काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा रहेको क्रियाशील छानबिन समितिले मङ्गलवार समितिको प्रतिवेदन सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।

समितिले बुझाएको प्रतिवेदनमा ६ लाख ५३ हजार ४३८ पुरुष क्रियाशील सदस्य रहेका छन् भने महिला सदस्यता १ लाख ९९ हजार ९७ जना मात्रै छन् । अन्यमा १७६ क्रियाशील सदस्य रहेका छन् ।

सबैभन्दा धेरै क्रियाशील सदस्य वाग्मती प्रदेशमा १ लाख ८६ हजारको नाम अनुमोदन भएको छ भने सबैभन्दा कम कर्णालीमा ५४ हजार ५६६ जना छन् । समितिले धनुषा क्षेत्र नम्बर ४,सर्लाही २ र बारा तथा सप्तरी जिल्लाको क्रियाशील सदस्यता विवाद भने टुङ्गो लगाउन नसकेको जनाएको छ।