बलिउड अभिनेत्री ऐश्वर्या राय दोस्रो पटक आमा बन्दै , आफ्नो बढेको पेट हातले यसरी छोपिन ऐश्वर्याले



काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको केही तस्बिरहरुले अहिले सामाजिक सञ्जालमा तातिरहेको छ । उनी आफ्नी छोरी आराध्या र श्रीमान् अभिषेक बच्चनका साथ आफ्नो को–स्टार सरथ कुमारको घर पुगेकी थिइन् ।

यस क्रममा केही तस्बिरहरू शरथ कुमारकी छोरी तथा अभिनेत्री बरलक्ष्मीले आफ्नो इन्ष्टाग्राममा शेयर गरेकी थिइन् । ऐश्वर्या राय बच्चन तथा सरथ कुमारको परिवार सहितको यो फोटो सामाजिक सञ्जालमा एकदमै तीव्र रूपमा भाइरल भइरहेको छ ।

यस तस्बिरको आधारमा सामाजिक सञ्जाल प्रयोग कर्ताहरूले ऐश्वर्या राय बच्चन गर्भवती भएको आशङ्का गरेका छन् । कतिपयले ऐश्वर्याको बेबी बम्प हुदै गइरहेको दाबी गरेका छन् । कतिपयले उनलाई दोस्रो पटक आमा बन्न लागेको भनेका छन् । ऐश्वर्याले उक्त तस्बिरमा ब्लाक अफ शोल्डर टप लगाएकी छिन् ।

यो तस्बिरमा उनको वजन समेत बढेको प्रष्ट देख्न सकिन्छ । उनले आफ्नो हातले पेट छोपेको देख्न सकिन्छ । ऐश्वर्याको यो तस्बिर र पोजिसनका कारण उनका फ्यानहरूले उनी फेरी गर्भवती रहेको बताएका छन् । तस्बिरमा उनको पेटको साइज पनि बढेको देखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्