एमाले र माओवादी अध्यक्ष बीच आज पनि छलफल हुँदै



सैघाली खबर
काठमाडौं,२९ माघ

पार्टी एकता र सरकार गठनका विषयमा छलफल गर्न आज पनि एमाले अध्यक्ष केपीशर्मा ओली र माओवादी केद्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुने भएको छ ।

नयाँ सरकार गठनको तयारी तिव्र भईरहेको बेलादुई पार्टी बीच हुन लागेको एकिकरणको विषयमा पार्टी अध्यक्ष बीच एक्लाएक्लै छलफल हुन लागेको हो । हिजो बसेको एमाले स्थायी समितिको बैठकमा माओवादी सँग हुने भनिएको सरकार गठनका विषयमा छलफल भएको थियो ।

‘फागुनको दोस्रो साता सरकारको नेतृत्वलिने तयारी गरीरहेको एमाले त्यसअघि एकताको खाकातयार पार्ने योजनामा रहेको छ ।’ एमाले सचिव प्रदिप ज्ञवालीलले भन्नुभयो, ‘आज माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग थप कुराकानी हुन्छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्