नेपालमा फेरि बढ्न थाले संक्रमित, एकै दिन ३ हजार ८९९ संक्रमित थपिए



काठमाडौँ । नेपालमा पुनः दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रूपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ५१८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ८९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १२ हजार ६५५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ७७८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ६ लाख ४७ हजार ७९ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २० सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ७५८ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्