जीन्स लगाएको निहुँमा १७ वर्षीया नेहाको आफन्तले गरे कुटेर ह’त्या



एजेन्सी । भारतमा एक किशोरीलाई जीन्स लगाएको निहुँमा कुटेर ह’त्या गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार परिवारका सदस्यहरूको कु’टपि’टबाट गत साता भारतको उत्तर प्रदेशको सभ्रेजी खर्ग गाउँकी
१७ वर्षीय नेहा पासवानलाई उनका नजिकका आफन्तहरूले कुटेर ह’त्या गरेको हो ।

किशोरीसँग उनको पहिरनबारे विवाद भएपछि उनका हजुरबा-हजुरआमा र काका-काकीहरूले लट्ठीले कुटेको उनकी आमा शकुन्तलादेवी पासवानले बताएकी छन् ।

दिनभरि व्रत बसेकी नेहाले साँझमा जिन्स र टप लगाएर पूजा गरेकी बताइएको छ । उनका हजुरबा-हजुरआमाले त्यो पहिरनबारे आपत्ति जनाएका थिए । उक्त विवाद बढेको र त्यसले हिंसाको रूप लिएको बताइएको छ । शकुन्तलादेवीका अनुसार नेहा अचेत भएपछि उनका आफन्तले एउटा ट्याम्पो बोलाएर त्यसैमा अस्पताल लगेको बताए ।

उनीहरूले शकुन्तलादेवीलाई सँगै जान नदिएपछि उनले आफ्नो आफन्तलाई त्यसबारे जानकारी गराएको र जिल्ला अस्पतालमा जाँदा त्यहाँ उनीहरूले नेहालाई नभेटेको जनाएका छन् ।

भोलिपल्ट शकुन्तलादेवीले गण्डक नदीमा बनेको पुलमा एउटी किशोरीको शव झुन्डिरहेको अवस्थामा देखिएको खबर पाएकी र त्यहाँ पुगेर हेर्दा त्यो शव नेहाकै भएको बताइन् ।

प्रहरीले नेहाका हजुरबा-हजुरआमा, काका-काकी, काका-काकीका छोराछोरी र अटो ड्राइभरसहित १० जनाविरुद्ध हत्या र प्रमाण मेटाउन खोजेको आरोपमा जाहेरी दर्ता गरेको बिबिसीले उल्लेख गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्