आज दाङसहित राप्ती बन्द



जेठ,३०

60fea77069fc45ad31e4067193754eb9

 

बिप्लव नेतृत्वको नेकपाले आज साविक राप्ती बन्द आव्हान गरेको छ । बन्दको प्रभाव दाङमा विहानैदेखि देखिएको छ । बन्दका कारण सवारी साधन, व्यापार, व्यवसाय र शैक्षिक संस्थाहरु ठप्प छन् । सामान्य रुपमा मोटरसाईकल चले पनि अरु ठुला सवारी सधान ठप्प छन् । आफ्ना कार्यक्रताहरु पक्राउ गरेको विरोधमा बन्दको आव्हान गरेको नेकपाले जनाएको छ । दाङ, रोल्पा, रुकुम र प्यूठानका विभिन्न ठाउँबाट आफ्ना कार्यक्रतालाई विनाकारण पक्राउ गरी रिहा गर्नुको साटो झुठा मुद्धा लगाई हिरासतमा राखेका विरोधमा बन्द गरेको केन्द्रीय सदस्य शितलले जानकारी दिनुभयो । साविक राप्तीका दाङ, रोल्पा, रुकुम, सल्यान र प्युठानमा कलकारखाना, शिक्षण संस्था, उद्योग, यातायात बन्दको आव्हान गरेको विज्ञप्तिमार्फत् जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्