माओवादी केन्द्रले गर्‍यो २ नम्बर प्रदेश प्रमुखमा तिलक परियारलाई सिफारिस



काठमाडौं। माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ। माओवादी केन्द्रले प्रदेश २ मा प्रदेश प्रमुखमा परियारलाई नियुक्ति गर्न सिफारिस गरेको छ।

माओवादी केन्द्रले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले हटाएका प्रदेश प्रमुखलाई पुनःनियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

यसअघि प्रदेश प्रमुख रहेर हटाइएका अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुख बनाउन माओवादीले नेताहरु सहमत भएका हुन्। शेरचन गण्डकी र परियार प्रदेश २ का प्रदेश प्रमुख थिए। ओली सरकारले दुवै जनालाई प्रदेश प्रमुखबाट हटाएको थियो।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर वैशाख २० गते सीता कुमारी पौडेल प्रदेश प्रमुख नियुक्त गरेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्