पर्वतको महाशिलामा चोरको आतङ्क, भोक सिङको वडा कार्यालय तोडफोड



युवराज पौडेल, पर्वत – पर्वतको महाशिलामा पछिल्लो समय तोडफोड तथा चोरीका घटनाहरू बढ्न थालेका छन् । शनिवार राति अज्ञात समूहले महाशिला २ भोक सिङको वडा कार्यालय भवन तोडफोड गरेको छ । कार्यालयमा आर्थिक रकम वा महत्त्वपूर्ण जिन्सी सामाग्री भएको आशङ्कामा रातको समयमा वडा कार्यालय भवन तोडफोड गरेको हुन सक्ने वडा अध्यक्ष विष्णु राना ‘तारा’ले जानकारी दिए ।

अध्यक्ष रानाले कार्यालयको ढोका फोरी भित्रका दराज समेत फुटाएको तर आर्थिक रकम वा अरू बेचबिखन गर्ने सामान नभएकाले छोडेर गएको हुन सक्ने बताए । अज्ञात समूहले वडा कार्यालय नजिकै रहेका किराना पसलहरू तोडफोड गरी आर्थिक तथा सामान चोरी गरेको छ । स्थानीय राम प्रसाद शर्माको पसलबाट नगद २५ हजार, खामलाल पौडेलको पसलबाट १६ हजार, र तारा गुरुङको पसलबाट नगद ६ हजार र खाद्यान्नका सामाग्री चोरी गरेको अध्यक्ष रानाले जानकारी दिए ।

चोरी गर्ने समूह को हो भन्ने पत्ता लाग्न सकेको छैन । बेलाबेला चोरी डकैतीका घटना घटाइरह्ने ठुलै गिरोह हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । प्रहरीद्वारा खोजी भइरहेको इलाका प्रहरी कार्यालय लुंखुका प्रमुख सुन्दर थापाले जानकारी दिए । केही समय पहिला अज्ञात समूहले महाशिला ५ लुंखुको आइए ममी तोडफोड गरिएको थियो ।

चोरीका घटना बढ्दै जान थालेपछि महाशिलाबासी त्रसित बनेका छन् । त्रासका कारण फलाम खानी, पाखा पानी बासीहरू आफ्ना दैनिक काम काजका लागि घर छोडेर हिँड्न समेत नसकेको बताउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्