नवलपरासी सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा सँगै वृक्षारोपण



रवीन्द्र यादव । १२ साउन सशस्त्र प्रहरी गण नं २६ , सशस्त्र प्रहरी बल नेपाल ( बि ओ पी ) गुठी परसौनी नवलपरासी पश्चिमको आयोजनामा वृक्षारोपण सशस्त्र प्रहरी बल बि ओ पी गुठी परसौनीको आयोजनामा साढे चार बिगाहाको जग्गामा निर्माणाधीन बि ओ पी परिसरमा वृक्षारोपण गरेको छ । निर्माणाधीन बि ओ पी को हाता वरिपरि ३० प्रजातिका ५ सय भन्दा बढी बिरुवाहरू रोपिएको छ ।

सशस्त्र प्रहरी नेपाल गण नं २६ हेड क्वाटर बेलापुरका गणपति महेश अधिकारीले बिरुवा रोपेर वृक्षारोपणको शुभारम्भ गरेपछि विभिन्न जातका गरी करिब ५ सय बोट बिरुवा सो क्षेत्रमा रोपिएको छ । वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि २६ नं का गणपति महेश अधिकारीले पर्यावरण तथा प्रकृतिको जगेर्ना गर्ने हेतुले वृक्षारोपण गरिएको बताए ।

वृक्षारोपण कार्यक्रममा स्थानीय बुद्धिजीवी तथा भद्र भलादमी, युवा, जनप्रतिनिधि एवं विभिन्न कार्यालयका प्रतिनिधि, पत्रकार तथा सशस्त्र प्रहरी बलका जवानहरूको सहभागिता रहेको थियो । त्यसै गरी सशस्त्र प्रहरी नवलपरासी पश्चिमले नेपाल भारत सीमा हुँदै नेपाल तर्फ भन्सार छली ल्याउँदै गरेको अवस्थामा विशेष सुराकीको आधारमा अन्दाजी मूल्य सात लाख अड् तिस हजार चार सय त्रियासी रुपैयाँ बराबरको विभिन्न किसिमका मोबाइल, इलेक्ट्रिक सामान, हार्डवेयरका सामानहरू, मोटर साइकल, कपडा तथा किराना सामानहरु बरामद गरी आवश्यक कार्यवाहीको लागी महेशपुर भन्सार कार्यालय नवलपरासी पश्चिममा बुझाइएको सशस्त्र प्रहरी नेपाल गण नं २६ हेड क्वाटरका सूचना अधिकारी माधव रेग्मीले जानकारी दिए ।


TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्