जनक नेपाली
दाङ, २९ माघ । नेकपा एमालेका नेता एवं संसदीय दलका नेता शंकर पोखरेल सोमबार आज मुख्य मन्त्रीका रुपमा नियुक्त हुनु हुने भएको छ । एमाले र माओवादी केन्द्रले आईतवार प्रदेश प्रमुख उमाकान्त झालाई सरकार गठनका लागि प्रदेश कार्यालयमा पुगेर औपचारिक आग्रह गरेपछि आज मुख्यमन्त्री नियुक्त गर्न लागिएको हो । एमालेले संसदीय दलको नेतामा शंकर पोखरेललाई सर्वसम्मत चयन गर्न एमाले र माओवादी केन्द्रले यस अघि नै सहमति भै सकेको थियो ।
तीन सदस्यीय मन्त्रिपरिषदको तयारी
प्रदेश नं. ५ को मन्त्री परिषद विस्तार हुने भएको छ । फागुन ३ गते तीन सदस्य मन्त्री परिषद विस्तार गरिने तयारी गरिएको छ । आईतबार बुटवलमा बसेको प्रदेश सभा बैठकले यस्तो तयारी गरेको प्रदेश सभा सदस्य ईन्द्रजीत थारुले जानकारी दिनुभयो ।
आगामी फागुन ३ गते पाँच नम्बर प्रदेशका मुख्यमन्त्रीको रुपमा एमाले संसदीय दलका नेता शंकर पोख्रेलले सपथ ग्रहण गर्ने तयारी भएको थारुले जानकारी दिनुभयो । यस्तै माओवादीको तर्फबाट संसदीय तलका नेता कुलप्रसाद केसी सोनाम ले गृहमन्त्रीका रुपमा सपथ ग्रहण गर्ने अन्तिम तयारी समेत भएको उहाँले जानकारी दिनुभयोे ।एमालेकै बैजनाथ चौधरीले अर्थ मन्त्रीको जिम्मेवारी सम्म हाल्ने तयारी भएको छ ।
८७ सदस्यीय प्रदेश नम्बर पाँचमा एमालेका ४१ र माओवादी केन्द्रका २० सहित वाम गठबन्धनको स्पष्ट बहुमत छ । चुनावअघि नै एमाले र माओवादीबीच ५ नम्बर प्रदेशमा पोख्रेललाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो।
प्रदेश सरकारबारे संविधानको व्यवस्था यस्तो छ
संविधानको धारा १६८ मा प्रदेश मन्त्रिपरिषद् गठनको व्यवस्था छ । उपधारा १ मा ‘प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुनेछ भन्ने उल्लेख गरिएकोे छ ।
उपधारा ९२०मा उपधारा १ बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ भन्ने उल्लेख छ । यसरी नियुक्त भएका मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।
यसरी हुँदै छ शपथको तयारी
मुख्यमन्त्री चयन हुनासाथ प्रदेश प्रमुखको सचिवालयले शपथको तयारी गरेको छ । त्यस्तै, मुख्यमन्त्री र मन्त्रीहरूको कार्यकक्षको व्यवस्थापन पनि गरि रहेको छ । दुवै दलले मुख्यमन्त्री नियुक्तिका लागि शुक्रबार प्रदेश प्रमुखसमक्ष लिखित दाबी पेस गरेमा आइतबार शपथ गराउने तयारीमा प्रदेश प्रमुख सचिवालयले लागेको छ ।प्रदेश प्रमुख उमाकान्त झाले शपथका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको बताउँनुभयो ।
६ तले भवनमा मुख्य—मन्त्रीको कार्यालय
बुटवल–४ दरबारमार्गमा रहेको श्रम कार्यालयको ६ तले भवनमा मुख्यमन्त्रीको कार्यालय तय गरिएको छ । चौथो र पाँचौँ तलामा मुख्यमन्त्रीको कार्यालय राखिएको छ । चौथोमा मन्त्रिपरिषद्को सचिवालय र पाँचौँमा मुख्यमन्त्रीको कार्यकक्ष रहनेछ । मुख्यमन्त्रीको कार्यकक्षमा कार्पेट बिछ्याउने तथा फर्निचर व्यवस्थापन गर्ने कामबाहेक अन्य काम लगभग सकिएको उनले बताए ।
मुख्यमन्त्री कार्यालयको भवनमा थप तीन मन्त्रालय
६ तले भवन लिफ्ट सहितको छ । लिफ्ट सञ्चालनमा आउन अझै केही दिन लाग्नेछ । यस भवनको भुइँतलामा आर्थिक मामिला तथा योजना, दोस्रो तलामा उद्योग पर्यटन वन तथा वातावरण, तेस्रो तलामा आन्तरिक मामिला तथा कानुन मन्त्रालय राखिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था कार्यालयको भवनमा तथा सामाजिक विकास मन्त्रालय सीप विकास केन्द्रको भवनमा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय भूमिगत जलस्रोतको भवनमा राखिने गरी काम भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।