प्रदेश नं. पाँचको सभामुखमा घर्ती



सैघाली खबर
दाङ,२९ माघ ।  नेकपा माओवादी केन्द्र प्रदेश नम्बर पाँचको बैठकले आफ्नो भागमा परेको सभामुखमा नेता पूर्ण घर्तीलाई सिफारिस गर्ने निर्णय गरेको छ । माओवादी केन्द्र पाँच नम्बर प्रदेशको बुटवलमा बसेको संसदीय दलको बैठकले रुकुम पूर्वबाट प्रदेशसभा सदस्यमा निर्वाचित पूर्ण घर्तीलाई सभामुखको रुपमा अघि सार्ने निर्णय गरेको हो । यस्तै बैठकले माओवादी केन्द्रको संसदीय दलको नेता कुलप्रसाद केसी,उपनेता कृष्ण ध्वज खडका, प्रमुख सचेतक दधिराम न्यौपाने, सचेतक दामा शर्मा र बोर्ड सचिब वसन्त घर्ती लगाएत चयन गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्