टोकियो ओलम्पिक : गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दै



काठमाडौँ । टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडीगौरिका सिंहले आज प्रतिस्पर्धा गर्दै छन् । गौरिकाले महिलाको १ सय मिटर फ्री–स्टाइलमा प्रतिस्पर्धा गर्ने छन् । 

टोकियो एक्वाटिक्स सेन्टरमा हुने प्रतिस्पर्धामा उनी हिट नम्बरमा वानमा छन् । उक्त हिटमा गौरिकासहित नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडी गरी ४ जना मात्र छन् ।

गौरिकाको खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ । गौरिका हिट वानमा रहेकी छन् । यस प्रतिस्पर्धा कुल ५२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यस मध्य शीर्ष १६ खेलाडी मात्र सेमिफाइनलमा पुग्नेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्