प्राथमिक स्वास्थ्य केन्द्र महाराजगञ्जकाे शाैचालाय प्रयोग गर्ने अवस्था छैन 



कपिलवस्तु । कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिका वडा नं १ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको शाैचालाय हेर्ने नसक्ने अवस्था रहेको छ । 

दुई वटा शाैचालाय प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको को छ । जस मध्ये एउटा शाैचालाय लगभग १ वर्ष देखि बन्द रहेको अनि अर्को शाैचालाय मा पानी पनि आउँदैन । सरसफाइ को पनि कमी रहेको कारणले फाेहाेर भएको छ । 

शाैचालायमा पानीको सप्लाइको पाइप भत्केको हुनले फाेहाेर भएको छ । शाैचालाय नयाँ बन्ने कुरा थियो त्यही भएर ठेकेदार को लापरबाहीले गर्दा समस्या भएको प्राथमिक स्वास्थ्य केन्द्र महाराजगञ्जमा निमित्त प्रमुख दीपक जयसवालले बताउनु भयो ।

केन्द्रमा आउने सेवाग्राहीहरूले भने कि शाैचालायमा जाँदा शौच नगर्न सक्ने यस्तो  शाैचालाय रहेको छ । पानी नअाउने , समय समयमा सरसफाइ पनि नहुने , पानीको सप्लाइ भत्केको हुनले प्राथमिक स्वास्थ्य केन्द्र महाराजगञ्जको शाैचालाय हेर्न नसक्ने अवस्था मा रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्