निकै तनाव भएका कारण आफूले मरेको हल्ला फिँजाएको स्विकार गरे विजय शाहीले



काठमाडौँ । साउन १२ गते मङ्गलवार आज बेलुकी पख एउटा खबर सामाजिक सञ्जालमा एकदमै तिब रूपमा फैलियो । हल्ला थियो कि पछिल्लो समय आफूलाई मेमोरी किंगको रूपमा चिनाउँदै आएका विजय शाहीले आ’त्मह’त्या गरे । यो कुरा यसरी भाइरल भयो कि उनलाई श्रद्धाञ्जली दिनेहरूको सामाजिक सञ्जाल भर भिड नै देखियो ।

सामान्य नागरिक देखी लिएर आफूलाई गन्ने मान्ने बताउँदै आएका एक दुई जना सामाजिक अभियन्ताले समेत श्रद्धाञ्जली दिन पछि परेनन् । विजयी शाहीको आ’त्मह’त्याको खबर छिनभरमै भाइरल भयो । यस अन्तरालमा केहीले अगाडिको उनको अन्र्तबार्तालाई आधार मानेर डिभाइन पावर प्रमाणित नभए आ’त्मह’त्या गर्छु भन्थ्यो ग¥यो भन्ने अड्कलबाजीहरु समेत काटियो ।

कसै कसैले त आत्म चाहिँ गएको र मृत शरीरको प्रहरीले मुचुल्का उठाइरहेको भोली सम्म आफुमा दैबीक शक्ति छ भने पुर्न जन्म समेत हुने कुरालाई फेक आ’त्मह’त्या सँग जोड्न पनि पछि परेनन् । तर अन्ततः विजय शाही घरमै भेटिएको खबर आएको छ । सामाजिक सञ्जाल उनको मृत्युको खबरले रङिए पछि प्रहरीले पनि यस विषयमा चासो देखायो र अन्ततः घरमै आराम गरेर बसिरहेको पुष्टि गरेको छ ।

उनी कालिकोटमा भेटिएका छन् । कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहीले विजय शाहीको मृत्युको हल्ला झुटो भएको बताएका छन् । डिएसपी शाहीका अनुसार तर उनी सामान्य बिरामी अवस्थामा रहेका छन् । केही स्वास्थ्यमा समस्या देखिएर अस्पताल सम्म पुगेको कुरा सत्य रहेको प्रहरी स्रोतले नै खुलाई सकेको छ । उनी अहिले आफ्नो महावै गाउँपालिका वडा नं ५ मा रहेको घरमा आराम गरिरहेको बताइएको छ ।

प्रहरीले झुटो समाचारका विषयमा अनुसन्धान गरिरहेको छ । प्रहरी शाहीको घरमा पुग्दा उनी टेलिभिजन हेरेर बसिरहेका थिए । उनले पछिल्लो समय निकै तनाव भएका कारण आफूले मरेको हल्ला फिँजाएको स्वीकार गरेका छन्।सार्वजनिक फोटोमा मृत्यु भएको भ्रम फैलाउन जिउँदो विजयको नाकमा रुइ खोचिएको देखिएको छ भने फोटोमा हाँसेको देखिन्छ । ओएसनेपालबाट साभार 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्