आर्थिक

कति छ आज सुनचाँदीको मूल्य ?

By Thah Online

July 28, 2021

काठमाडौँ । बुधवार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवारको तुलनामा आज सुन प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँ पुगेको हो ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य समेत सोही दरमा वृद्धि हुँदै प्रतितोला ९१ हजार ६०० रुपैयाँ पुगेको छ । यता चाँदीको मूल्य भने बुधवार अधिकतम प्रतितोला १५ रुपैयाँले घट्दै एक हजार २५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।