गुल्मीमा जिप दु’र्घटना, तीनजनाको मृत्यु



गुल्मीको मुसिकोट नगरपालिका–४ दोभानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सात जना घाइते भएका छन् ।

बुधवार बिहान चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट तम्घास आउँदै गरेको लु १ ज ४५५९ जिप दोभानमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतक मध्ये चन्द्रकोट गाउँपालिका ४ का तेजबहादुर थापा र चन्द्रकोट ५ का रेशम कार्की भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेय पुष्टि गरे।

अझै एक जना महिलाको सनाखत हुन सकेको छैन। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइँदै छ ।जिप सडकबाट ५  सय मिटर तल खसेको छ।

दुर्घटना लगत्तै सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएको घटनास्थलमै रहेका मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्