घरघरमा घुसखाेर छन् विप्लव नेता : ओमप्रकाश पुन 



बझाङ । नेपाल कम्युनिस्ट पार्टी विप्लवको पत्रकार सम्मेलन बझाङमा सम्पन्न भएको छ । जिल्लाको होटेल केपी प्लाजामा पत्रकार सम्मेलन भएको हो । आज भएको पत्रकार सम्मेलनमा नेता ओमप्रकाश पुनले घरघरमा घुसखाेर छन् भन्दै सबैलाई खवदारी जनाउनु भएको थियो । 

विगत ३ दिन अघि मात्र जिल्ला बाहिरी पार्टीको बैठक सम्पन्न भएको विप्लवका एक नेताले जानकारी दिनु भएको हो । गोप्य स्रोतका अनुसार विप्लवले समाजमा रहेका कुनै पनि भ्रष्टाचारीलाई नछोड्ने निर्णय गरेको छ । बैठकमा ९ बुँदामा निर्णय गर्दै आगामी दिनमा जनता सँग प्रत्यक्ष साझेदारी बन्दी जनताको सुख दुखमा लागेको दाबी गरे । 

आज होटेल केपी प्लाजाकाे सभा हलमा पत्रकार सम्मेलनमा नेता ओमप्रकाश पुनले भने चारैतिर भ्रष्टाचार घुस लिने दिने भईरहेकाे भन्दै सबैलाई सचेत हुन र विप्लवलाई खबर गर्न अनुरोध गर्नुभएको हो । उनले भाषणमा भने केन्द्र देखि स्थानीय तहमा भ्रष्टाचार अग्रस्थानमा रहेको दाबी गरेका हुन । 

बझाङ जिल्ला ३ दिन सम्म चलेको बैठकलाई सम्बोधन गर्न  पुगेका नेता पुनले आगामी दिनमा दरिलो हुन कार्यकर्तालाई आग्रह गर्नुभएको थियो । विप्लवको बझाङमा यो ५ औ पूर्ण बैठक सम्पन्न भएको छ । कार्यक्रम भने नेपाल कम्युनिस्ट पार्टी विप्लवको जिल्ला संयोजक विराट उपाध्यायको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेता आमप्रकाश पुन विशिष्ट अतिथि केन्द्रीय सदस्य डवल बहादुर शाह लगायत ७०/८० जनाको उपस्थिति रहेको थियो भनी नेता जोग कठयताले बताउनुभएको छ । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्