पहिरोको उच्च जोखिममा मष्टाका ७ घर 



बझाङ । जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर  ७ मा रहेका ७ वटा घर पहिरोको उच्च जोखिममा परेका छन् ।

मष्टा गाउँपालिका वडा नम्बर ७ मा रहेको लटाैन गाउँका सात घर पहिरोको उच्च जोखिममा परेका छन् । जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर ७ अन्तरगत पर्ने लटाैन टाेल भारी वर्षाले गर्दा पहिलोको उच्च जोखिममा परेकाे जनक बहादुर बोहराले बताउनु भएको छ । 

हिजो हस्ति बझाङमा आएको अविरल वर्षाको कारण जमिन भिरालो भएको हुँदा माथि वाट पहिरो आउँदा २ वटा घरमा पहिरो पुगेको र ५ वटा घर उच्च जोखिममा रहेको स्रोतको भनाइ छ । 

यसरी आफू बस्ने घर नै पहिरोले लिने देखापरेपछि बस्तीमा रहेका ८० जना जति जनसङ्ख्या त्यहाँ बाट बसाइसराइ गरेर टाढा टाढा गएर सुरक्षित बसिरहेका छन् । गरिब जनसमुदायका घरहरू पहिरोले बगाउने भए पछि स्थानीय तह प्रदेश सरकार र केन्द्रीय सरकारको ध्यानाकर्षण हुन जरुरी रहेको युवा नेता रमेश बेहाराले बताए  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्