सैघाली खबर,
काठमाडौं २९ माघ।– राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेशन र परीक्षा फारम अनलाइनमार्फत भर्न सकिने व्यवस्था गर्ने तयारी थालेको छ । बोर्डले आगामी वर्षदेखि रजिष्ट्रेशन र परीक्षा फारम अनलाइनबाट भर्ने व्यवस्था गर्न लागेको बोर्डका अध्यक्ष डा। चन्द्रमणि पौडेलले जानाकारी दिए ।
स्मार्ट अफिसको कार्ययोजना अन्तर्गत बोर्डले ०७५ देखि विद्यार्थीको रजिष्ट्रेशन, परीक्षा फारमलाई सूचना प्रविधियुक्त बनाइने उनले बताए । अध्यक्ष पौडेलले यसका लागि बोर्ड छलफल र योजनाको चरणमा रहेको बताउँदै हाल कन्सल्टेन्सी र एक्सपर्टहरुसँग विमर्श जारी रहको बताए । बोर्डको लक्ष्य मूल्यांकन प्रणाली वैज्ञानिक, विश्वसनीय र चुस्तदुरुस्त बनाउँदै अब सूचना प्रविधिलाई अधिकतम प्रयोग गर्ने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।