मनकला खड्का मृत्यु प्रकरण : उनकै भतिजासहित तीन जना प’क्राउ



रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ की २६ वर्षीय मनकला खत्री खड्काको घटनामा संलग्न भएको आ’रोपमा प्रहरीले तीन जनालाई नियन्त्रणका लिएको छ । प्रहरीले ह’त्यामा संलग्न रहेको भन्दै मनकलाकै परिवारभित्रका तीन जनालाई नियन्त्रणमा लिइएको जनाएको हो । उनीहरूलाई बुधवार राति प्रहरीले पक्राउ गरेको हो।

सोमबार बेलुका ६ बजेतिर भैँसीलाई घाँस हाल्न गोठमा गएकी उनी रातीसम्म पनि नफर्किएपछि परिवार र आफन्तले खोज्ने क्रममा मकै बारीको कान्लामा मृत भेटिएकी थिइन्। 

उनको मृत्यु प्रकरणमा उनका परिवारभित्रका भतिजा नाता पर्ने एक जनासहित तीन जना प’क्राउ परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।  प्रहरी स्रोतका अनुसार एक वर्षदेखि मन्कला र ती युवकको घर बिच बोलचाल बन्द रहेको थियो । 

साथै प’क्राउ परेका १५ वर्षीय युवकको घरमा खानतलासी गर्दा सुनको कानबाली २ थान, मुन्द्री २ थान, नाकको टुक्की फुली १ थान, हसिँया र खुर्पा १–१ थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्