विराटनगरका मेयर भीम पराजुलीविरूद्ध प्रदर्शन



काठमाडौँ । विराटनगर महानगरका प्रमुख भीम पराजुलीविरुद्ध विरोध प्रदर्शन भएको छ । मेयर पराजुलीले मध्यरातमा कार्यकर्तालाई घरैमा लगेर खोप लगाइदिएको विरोधमा स्थानीयले विरोध प्रदर्शन गरेको हुन् ।

कोरोना विरुद्धको खोप हरेक नागरिकको नैसर्गिक हक भएको बताउँदै सर्वसाधारणले महानगर कार्यालय परिसरमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले मेयर भीम पराजुलीले महानगरवासी विरुद्ध विभेदपूर्ण काम गरेको भन्दै विरोध जनाएका छन् ।

बुधवार राति कोरोना विरुद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घर पुगेका विराटनगर महानगरपालिकाका मेयर स्थानीयबाट लखेटिएका थिए । स्थानीयको विरोधपछि मेयर पराजुली दौडँदै काँग्रेस नगर उपसभापति प्रवीण जोशीको गाडी चढेर भागेको स्थानीयले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्