थप ३३६५ जनामा कोरोना सङ्क्रमण पुष्टि, १६ सङ्क्रमितको मृत्यु



काठमाडौँ । पछिल्लो २४ घण्टामा ३ हजार ३६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार २४२ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ३६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ५५५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ३३५ जना र ४ हजार ६८७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या ७ लाख ५० हजार २२ पुगेको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ३७३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ६ लाख ५० हजार ४४५ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १६ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ८०७ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्