माओवादी केन्द्रले कारवाही गरेका ४ पूर्व मन्त्रीहरुको मुद्दा नभ्याइने सूचीमा



काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट पदमुक्त ४ जना प्रतिनिधिसभा र १ जना प्रदेशसभा सदस्यले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दिएको रिट आज बिहीबार हेर्न नभ्याइने सूचीमा परेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको रिट आज हेर्न नभ्याइने सूचीमा परेको हो । आफूहरूले नेकपा माओवादी केन्द्र परित्याग नगरेकाले सांसद पद पुनर्बहालीको माग गर्दै पाँचै जनाले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका छन् ।

नेकपा एमालेमा प्रवेश गरेको भन्दै पार्टी सदस्यबाट बर्खास्त गर्दै सांसद पदसमेत नरहने गरी माओवादी केन्द्रले कारबाही गरेपछि टोप बहादुर रायमाझी लगायतका पूर्व माओवादी नेताहरू बुधवार सर्वोच्च अदालत पुगेका थिए । यसअघि नेकपा एमालेतिर लागेको भन्दै माओवादी केन्द्रको सिफारिसमा संसद् सचिवालयले सांसदहरूलाई पदमुक्त गरेको थियो ।

पूर्व सांसदहरूले निर्वाचन आयोग, संसद् सचिवालय र माओवादी केन्द्र पार्टीलाई विपक्षी बनाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्