समाचार

राष्ट्रिय प्रजातन्त्र पार्टी द्वारा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई को पुतला दहन

By Thaha - Online

July 29, 2021

कृष्ण नगर/कपिलवस्तु हिन्दु धर्ममाथि प्रहार गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी द्वारा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई को आज कपिलवस्तुको कृष्ण नगर गोल घरमा पुतला दहन गरिएको छ यसको अगुवाइ राष्ट्रिय प्रजातन्त्र पार्टीको नगर अध्यक्ष जय प्रकाश गुप्ताले गर्नुभएका थिए।

उक्त कार्यक्रममा केन्द्रीय सदस्य दिनेश गुप्ता र श्याम कुमार मिश्रा जिल्ला उपाध्यक्ष प्रेम शङ्कर शुक्ला,प्रताप सिंह चौधरी ,सुरेन्द्र मौर्या,शिव नारायण गिरी,ओम प्रकाश बरई लगायत अन्य नेताहरू उपस्थित भएका थिए।