राष्ट्रपति भण्डारी आज जेनेभा जाँदै ।।



Bidhya Devi Bhandari, 54, is only the second person to be elected president since Nepal abolished its monarchy in 2008
जेठ,३०

राष्ट्रपति विद्यादेवी भण्डारी आज जेनेभा जादै हुनुहुन्छ । स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्रा्ष्ट्रिय श्रम सम्मेलन’ को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा भाग लिन आज उहाँ त्यसतर्फ जान लाग्नु भएको हो । राष्ट्रपति भण्डारीले शिखर बैठकलाई आगामी असार १ गते सम्बोधन गर्नुहुनेछ । यसवर्ष शिखर बैठकको नारा ‘रोजगारीमा महिला’ रहेको छ । उहाँले नेपाली राजनीतिका साथै रोजगारीको दुनियाँमा महिलाको सहभागिता तथा प्रतिनिधित्वमा भएका प्रगतिका विषयमा उल्लेख गर्दै यस क्षेत्रमा रहेका चुनौती सम्बोधन गर्न भएका प्रयासका विषयमा प्रकाश पार्ने जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ । अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठनले राष्ट्रपति भण्डारीका साथमा माल्टा तथा मरिससका राष्ट्र प्रमुखहरूलाई पनि त्यो शिखर बैठकमा सहभागिताका लागि आमन्त्रण गरेको छ । नेपालका राष्ट्रप्रमुखलाई यस्तो शिखर बैठकमा सम्बोधन गर्न श्रम सङ्गठनले आमन्त्रण गरेको यो पहिलो वर्ष हो । राष्ट्रपति आज साँझ ५ बजे प्रस्थान गर्ने उहाँको सचिवालयले जनाएको छ । राष्ट्रपति भण्डारीका साथमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपतिका स्वकीय सचिव डा. विमला पौडेल राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकृत सहभागी हुनेकार्यक्रम रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्