धनुषामा पिकअप गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु , पाँचजना घाइते



धनुषाको लक्ष्मी नियाँ गाउँपालिकास्थित जनकपुरधाम–ढल्केबर सडक खण्डमा शुक्रवार बिहान  पिकअप अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

आज बिहान ५ बजे जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत लक्ष्मीनिया गाउँपालिका स्थित सपहीमा राजमार्गमै पुल निर्माणको लागि खनिएको खाल्डोमा सो स्कारपिओ खसेको हो ।

गाउँपालिकाको वडा नम्बर ४ सपहीमा बनाइएको डाइभर्सनमा प्रदेश २ को ००३५ नम्बरको पिकअप दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घ’ट’नामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । 

उक्त दुर्घटनामा दीपकका ३८ वर्षीय श्रीमती ऋचा यादव, १३ वर्षीय छोरा गेहेन्द्र यादव, ३९ वर्षीय भाइ नवीन, नवीनकी ३३ वर्षीय श्रीमती अम्बिका र मटिहानी नगरपालिकाका ४५ वर्षीय त्रिलोक यादव घाइते भएका छन् । घाइतेहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्