चारजना पूर्वमाओवादी नेताको मुद्दा आनन्दमोहन भट्टराईको इजलासमा



काठमाडौँ । चार पूर्वमाओवादी सांसदहरूले पद पुनर्बहालीको माग गर्दै दायर गरेको मुद्दाको पेसी न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ । उक्त रिट निवेदनमाथि शुक्रवार न्यायाधीश भट्टराईको इजलासमा सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।  

पूर्व माओवादी नेताहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशङ्कर चौधरीले दायर गरेको रिट निवेदन शुक्रवार न्यायाधीश भट्टराईको एकल इजलासमा राखिएको छ ।

उक्त रिट निवेदन बिहीबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा पेसी राखिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।आफूहरू एमालेमा प्रवेश नगरेको अवस्थामा पार्टीले कारबाही गरेको भन्दै उनीहरूले बुधवार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्