रक्तदानका लागि अपिल 



दाङ । लायन्स क्लब अफ दाङ, राजविद्याले रक्तदानका लागि इच्छुक सवैमा अपिल गरेको छ । रक्तदान जीवनदान भन्ने मूल उद्देश्यका साथ जिल्लामा रगतको अभाव भइरहेको बेला क्लबले रक्तदानको कार्यक्रमको आयोजना गरेको हो ।

भोलि शनिवार बिहान ११ बजे विद्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष आदिम के.सी र सचिव शतिश कुमार सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भएको छ, ‘आज हामीले गरेको रक्तदानले भोलि कसैको अमूल्य जीवन बचाउन सक्छ । मानव सेवाका दृष्टिले रक्त दान गरौँ, अमूल्य जीवनको रक्षा गरौँ । कोभिड १९ को महामारीका बेला रक्तसञ्चार केन्द्र तथा  हस्पिटलमा रगतको अभाव भएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । ’

क्लबले यसअघि पनि रक्तदान कार्यक्रमको आयोजना गरेर मानव सेवाको कार्यमा आफूलाई अग्रसर राख्दै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्