त्रिमुर्ति नागेश्वर मन्दिर उद्घाटन



 

सैघाली खबर,
घोराही २९ माघ।

उपमहानगरपालिका वडा नम्बर १८ मसिना र फुर्सेखालीको सिमानामा निर्माण गरिएको त्रिमुर्ति नागेश्वर मन्दिरको उद्घाटन गरिएको छ । स्थानीयबासीद्धारा निर्माण गरिएको मन्दिरको नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ का सभापति भुपबहादुर डाँगीले उद्घाटन गर्नुभएको हो ।

मन्दिर निर्माण समितिको अध्यक्ष खड्गबहादुर विष्टको अध्यक्षता एवं कांग्रेस दाङ क्षेत्र नम्बर ३ का सभापति भुपबहादुर डाँगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भएको कार्यक्रममा बोल्दै डाँगीले हिन्दु सनातन धर्मको रक्षाकालागि सबै एक भएर लाग्न अनुरोध गर्नुभयो । स्थानीयबासीहरुको सक्रियतामा मन्दिर निर्माण हुन प्रशंसायोग्य कार्य भएको बताउनुभयो ।

देवा सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण युवा नेता गणेश वेल्वासेले गर्नुभएको थियो । नाग देखीएपछि स्थानीयबासीले करिब ३ लाखको लगानीमा २ वटा मन्दिर निर्माण गरिएको हो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्