धनुषामा हराइरहेको बालिकाको श’व इनारमा फेला, ह’त्याको आशङ्का

बालिकाको हत्यामा स्थानीय कै संलग्नता हुन स्थानीय तथा आफन्तले आशङ्का


प्रदेश नम्बर २ को धनुषाजिल्लास्थित एक बालिकाको लास इनारमा फेला परेको छ । उनी विगत ८ दिनदेखि घरबाटै बेपता भएकी थिइन धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १० बरमझीया निवासी वीरेन्द्र कुमार यादवकी ६ वर्षीय छोरी प्रीति कुमारी यादवको लास गाउँको इनार भेटिएको हो ।    

गत साउन ११ गते सोमवारदेखि हराई रहेकी प्रीति शुक्रवार घर नजिकै रहेको इनार भित्र पानीमा तैरिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

बालिकाको शव घरदेखि ५०० मिटरका दूरीमा रहेको इनारमा फेला परेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।  शव परीक्षणका लागि प्रादेशिकअस्पताल जनकपुरधाम पठाइएको छ ।  बालिका पिता वीरेन्द्र यादवका अनुसार  सोमबार बिहान ९ बजे घर नजिकै रहेको पसलबाट चकलेट किनेर फर्कने क्रममा उनी बेपत्ता भएकी थिइन् । 

बालिकाको हत्यामा स्थानीय कै संलग्नता हुन स्थानीय तथा आफन्तले आशङ्का गरेको छ । यता , प्रहरीले इनारबाट बालिकाको लास निकाल्न खोज्दा आफन्त तथा स्थानीयहरू न्यायको माग गदै सडक समेत अवरुद्ध गरेका थिए ।  

बालिकाको बुबा वीरेन्द्र यादव रोजगारका सिलसिलामा भारतमा बसिरहेका छन् । प्रीतिको शङ्कास्पद मृत्युले परिवार शोकाकुल भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्