लुम्बिनी प्रदेशमा जसपाका तीन मन्त्री पदमुक्त



लुम्बिनी प्रदेश सरकारमा सहभागी  जनता समाजवादी पार्टी (जसपा) नेपालकाका तीन मन्त्रीहरू सांसदबाट पदमुक्त भएका छन् । 

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रवार जारी गरेको सूचनामा सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको उल्लेख गरिएको छ ।  

तर सर्वोच्च अदालतले ३ जेठमा आफ्नो पक्षमा आदेश दिएपछि उनीहरू फेरि प्रदेशसभामा फर्किए । १८ असारमा रायमाझीले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट राजीनामा दिएर यादव पक्षमा लागिन् । तीन जना महन्थ ठाकुर पक्षमा खुले ।

११ साउनमा यादव पक्षले निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाए लगत्तै लुम्बिनीका तीन सांसदलाई कारबाही गर्ने निर्णय गर्‍यो । पार्टीको निर्णय विपरीत सरकारमा सामेल भएको, दलको ह्विप उल्लङ्घन गरेको जसपाको आरोप छ ।

पार्टीले सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै जसपाले पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको गरेको थियो । यादव र सन्तोष प्रत्यक्ष निर्वाचित सांसद हुन् भने पाण्डे समानुपातिक सांसद हुन् । पाण्डे पूर्वराजपा समूहबाट सांसद भएकी थिइन् । 

सांसदबाट पदमुक्त भएका तीनै जना शङ्कर पोखरेलको नेतृत्वमा बनेको सरकारमा सहभागी हुँदै मन्त्री बनेका थिए । उनीहरू मन्त्री बनेदेखि नै जसपा भित्रको विवाद बाहिर आएको थियो । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्