ठमेलमा अवैध मदिरा उत्पादन गरी विक्री गर्ने चिनियाँ नागरिक प’क्राउ



काठमाडौँ ।  अवैध रूपमा मदिरा उत्पादन गरी विक्री गरेको आरोपमा प्रहरीले काठमाडौँ ठमेलबाट एक चिनियाँ नागरिकलाई प’क्राउ गरेको छ ।

‘चिनियाँ नागरिकले अवैध रूपमा मदिरा उत्पादन गरी विक्री वितरण गरिरहेको’ भन्ने गोप्य सूचनाका आधारमा काठमाडौँको ठमेलबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  पक्राउ परेका चिनियाँ नागरिक लामो समयदेखि नेपालमा बसेर अवैध काम गर्ने गरेको खुलेको छ।

ठमेलस्थित छिन्ता लामाको घर भाडामा लिई गत वैशाख १० गतेबाट होम स्वीट स्मेल होटल एण्ड रेष्टुरेन्ट प्रा.लि. दर्ता गरी जुहुईले अवैध मदिरा भट्टी सञ्चालन गरेको खुलेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

महाशाखाको प्रहरीका अनुसार मदिरा उत्पादन गर्ने चार ओटा स्टिलको मेसिन, मदिरा जम्मा गर्ने ट्याङ्की, मदिरा तौल गर्ने मेसिन, रातो तथा हरियो रङको ८० लिटरको प्लास्टिक ड्रममा रहेको मदिरा उत्पादन हुने कच्चा पदार्थ ११३ थान बरामद गरेको प्रहरीले जनाएको छ । आन्तरिक राजस्व  कार्यालय महाराजगंज र स्थानीय जनप्रतिनिधिको रोहबरमा उक्त भट्टीमा छापा मारेको महाशाखाले जनाएको छ ।

सरकारी अनुमतिबिना ‘चिनियाँ कोदोको शुद्ध लोकल रक्सी’ नामक मदिरा उत्पादन गर्ने गरेको खुलेको छ। चीनको जियाङ्गसु प्रान्त घर भएका जुहुई पर्यटन भिसामा नेपाल आएका थिए। महाशाखाले उनले सञ्चालन गरेको रेष्टुरेन्ट पनि सिल गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्