टप फिचर

भारी परिमाणमा अवैध औषधी बरामद

By Thaha - Online

July 30, 2021

कपिलवस्तुको नेपाल भारत सीमा स्थित रहेको बि ओपी मर्यादापुरले भारी परिमाणमा अवैध औषधी बरामद गरेको छ । बि ओपी मर्यादापुरबाट खटेको सशस्त्र प्रहरीको टोलीले यशोधरा गाउँपालिका ७ को सेमरी स्थित खेतबाट बोरामा करिब २ लाख ६० हजार बराबरको भन्सार छलेर ल्याउँदै गरेको अवैध औषधी तथा अन्य सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरीका बि ओपी मर्यादापुरका इन्चार्ज एवम् सशस्त्र प्रहरी निरीक्षक शङ्कर सिंह को कमान्डमा गएको ७ जनाको मोबाइल टोलीले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरी निरीक्षक सिंहका अनुसार, प्रहरी टोलीलाई देख्ने बित्तिकै भन्सार छली गरी ल्याउँदै गरेको औषधी छाडेर व्यक्ति भागेको थियो ।

बरामद गरिएको औषधीहरू कारबाहीको लागि सुठौली भन्सार कार्यालय पठाइएको उहाँले बताएका छन् । कोरोना कालमा लकडाउनको मौका छोपी त्यहाँको विभिन्न नाकाबाट तस्करी भइरहेको खबर थाहा पाएपछि बि ओपी मर्यादापुरले अवैध रूपमा भन्सार छली ओसारपसार नियन्त्रणका लागी थप कडाइ गरे सँगै पछिल्लो समयमा सीमा क्षेत्रमा विभिन्न सामानहरू बरामद हुने क्रम बढेको छ ।