मिश्र रोकायाको घरमा पुगेर रोए सभामुख थापा



बझाङ । सुदूरपश्चिम प्रदेशका सभामुख बझाङ जिल्लामा पुग्नु भएको छ । केही दिन अगाडि नेकपा एमालेका नेता मिश्र बहादुर रोकायाको मृत्यु भएको थियो । रोकाया निकै पार्टीमा लगनशील भलाद्मी र राजनीतिक जीवनमा अग्रसर व्यक्तिकाे रूपमा चिरपरिचित व्यक्तिकाे रूपमा रहेका थिए ।

नेता मिश्र रोकायाको निधन भए पछि ४५ औँ पुण्य तिथिमा नेकपा एमालेका नेताहरू श्रद्धाञ्जली  अर्पण गर्न जिल्लाको खप्तड छान्ना गाउँपालिकाको माझी गाउँमा पुगेका हुन । सभामुख अर्जुन बहादुर थापा स्वर्गीय रोकायाको निधन प्रति निकै दुखित हुँदै घरमा गएर डाको छोड्दै रोएका हुन ।

थापाले काखाबाट आशु झार्दै घरपरिवार सामु भने हामीले निकै नेता गुमाएका छौ , मैले धेरै गर्न चाहेको थिए तर भएन आगामी दिनमा आफू सधैँ साथमा रहने र स्वर्गीय रोकायाको पछि सम्म सम्झना गर्न सकिने कार्य गर्न पार्टीमा बहस हुने उहाँको भनाइ छ । लामो समय देखि एमालेको राजनीतिमा अगाडि बढ्दै असामयिक निधनले सिङ्गो पार्टी निराशा भएको छ ।

रोकाया प्रति श्रद्धाञ्जली  दिँदै पूर्व बन तथा भू सँग्रक्षेण मन्त्री भानुभक्त जोशीले भने आगामी दिनमा हाम्रो साथ नछोड्न र हामी सधैँ साथमा रहेका बताए । यसै बिच प्रतिनिधि सभा सांसद भैरव सिंहले भने,अब पार्टीले यश विषयमा निकै चासो दिनु पर्ने उहाँको भनाइ छ । प्रतिनिधि सभा सांसद आसाकुमारी विकले भने मञ्च बाटै आशु खसाल्दै दुख व्यक्त गर्दै घरपरिवार लाई निराशा नहुन र आगामी दिनमा अझै ससक्त ढङ्गले लाग्न अनुरोध गर्नुभएको थियो ।

सुदूरपश्चिम प्रदेशका सभामुख थापाले भने सबै घरपरिवार सामु ठुलो डाको छोड्दै मैले कति गर्न खोजेको थिए गर्न सकिन जे भाग्यमा थियो त्यही हुन्छ । भन्दै रोकायाका बुवा आमालाई भेटेरै काखाबाट आशु झारेका हुन । थापा यस विषयमा निकै चिन्तित बन्दै ४५ औँ पुण्य तिथिमा श्रद्धाञ्जली  दिनुभएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्