फेरि स्मार्ट लकडाउनमा जान सिफारिस



काठमाडौं। कोभिड-१९ संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको सिफारिस गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बेलुका सिंहदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव पेस गरेको हो। सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले स्मार्ट लकडाउनको प्रस्ताव भएको र अर्को बैठकमा टुंगोमा पुग्ने जानकारी दिए।

उनका अनुसार संक्रमण दर, संक्रमण संख्या, अस्पतालमा पूर्वाधारको अवस्थाजस्ता सूचक हेरेर मुलुकलाई रेड, एम्बर, यल्लो र ग्रीन जोनमा विभाजित गर्ने तयारी भएको छ। सोहीअनुसार जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले सो ठाउँमा स्मार्ट लकडाउन गर्न सक्ने भएका छन्।

‘स्मार्ट लकडाउनको अवधारणा पेस भएको छ र आजैदेखि छलफल सुरु भएको छ’ प्रवक्ता खतिवडाले भने, ‘यसबारे चाँडै बस्ने बैठकले टुंगो लगाउनेछ ।’ संक्रमणको आधारमा विभाजित हुने क्षेत्रमा के-के गर्न पाइने र नपाइने भन्ने कार्ययोजना समेत तयार पारिने भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्