दिपक बोहरा,
तुलसीपुर २९ माघ ।
दाङमा चालुआर्थिक बर्षको अहिले सम्म १० वटा समुह तथा फर्मले मात्रै कृषि बिमा गराएका छन् । जिल्ला कृषि बिकास कार्यालयका बागबानी अधिकृत धनराज गौतमका अनुसार अहिले सम्म १० जनाले मात्रै कृषि बिमा बनाएका हुन् ।
दाङमा चालु आर्थिक बर्षको सात महिनामा च्याउ फर्म, एउटा, तरकारी गरी १० जना किसानले मात्रै कृषि बिमा गराएका हुन् । मुलुक नयाँ संरचनामा गई सकेपछि कृषिको उचित ब्यबस्थापन हुन नसक्दा कृषि बिमा प्रभाबकारी रुपमा सञ्चालन हुन नसकेको बागबाणी अधिकृत गौतमले वताए ।
‘कृषि बिमाको जिल्ला भर मैले हेर्दै आएको थिए, म स्थानीय तह ( तुलसीपुर उपमहानगरपालिका ) मा खटिए’ उनले भने ‘ त्यस पछि बिमा हेर्ने मान्छे कोही भएन्, यसले गर्दा पनि बिगतका बर्षहरु भन्दा यस बर्ष थोरै किसानले मात्रै कृषि बिमा गराएका छन् । अर्को तर्फ प्रचार प्रसारको अभाबमा बिगतका बर्षहरुमा पनि कृषि बिमा गराउनेको संख्या उल्लेख्य नभएको उनले बताए ।
अब स्थानीय तहले कृषि बिमालाई प्रभाबकारी रुपमा सञ्चालन गर्न ध्यान दिनुपर्ने बताए । उनले भने ‘स्थानीय तहले कृषि बिमा प्रभाबकारी बनाउन ध्यान दिनुपर्छ ।’
गत बर्ष चैते धानमा ६८, माछा बिमा २९ र तरकारी, केरा, फलफुल, आलु गरी ५० जना किसानले कृषि बिमा गरेको गौतमले बताए । दाङमा २०६८ सालको जनगणना अनुसार कुल जनसंख्याको दुई तिहाई घर परिवार कृषि पेशामा संलग्न भएपनि कृषि बिमा गर्नेको संख्या भने निकै न्युन छ ।
न्यूनतम एक कट्ठा जमिनमा खेती गर्ने किसानले आफ्नो खेतीमा लाग्ने लागतको पाँच प्रतिशत प्रिमियम बुझाएर बाली बिमा गर्न सक्छन् । त्यसमा सरकारले ५० प्रतिशत अनुदान दिने व्यवस्था छ । सरकारले आर्थिक बर्ष २०७०÷ ०७१ को साउन देखी कृषि बिमा कार्यक्रम सञ्चालन गरेको हो । बाली तथा पशु बिमा निर्देशिका २०६९ जारी गरी सरकारले जिल्ला कृषि विकास कार्यालयलाई लागू गर्न निर्देशन दिएको थियो । सरकारले गरेको अपेक्षा अनुसार देशभरनै कृषि बिमा प्रभाबकारी रुपमा संचालन हुन सकेको छैन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।