महाकाली घटना : सरकारद्वारा छानविन समिति गठन



काठमाडौं। भारतीय सीमा सुरक्षा बल (एसएसपी) का जवानले तुइनको डोरी निकालिदिँदा दार्चुलाका स्थानीय जयसिंह धामी बेपत्ता भएको घटनाका बारेमा अनुसन्धान गर्न सरकारले समिति गठन गरेको छ।

गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा गृह मन्त्रालयका सचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो।

मन्त्री खाँणको सचिवालयका अनुसार समितिमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी र दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी सदस्य छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्