लुम्बिनी प्रदेश सांसद विमला ओली सम्पर्कविहीन



बुटवल। लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वली पार्टीको सम्पर्कमा नरहेको नेकपा माओवादी केन्द्रले जनाएको छ।पार्टीको शनिवार (आज) हुने संसदीय दलको बैठकमा सहभागी हुन तीन दिन अघिदेखि सम्पर्क गर्दा विमला सम्पर्कमा नआएको माओवादी केन्द्रका सांसद इन्द्र जित थारुले जानकारी दिए।

मुख्यमन्त्री शङ्कर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वलीले माओवादी केन्द्र छाडेर एमाले रोजेको आशङ्का गरिएको छ। माओवादी केन्द्रका सांसद थारुले सरकार अल्पमतमा परेकाले सरकार टिकाउने उपाय स्वरुप विमलालाई सरकारकै मान्छेले दबाब र प्रलोभनमा पारेर एमालेमै फर्काएको हुनसक्ने पार्टीले आशङ्का गरेको बताएका छन्।

जसपा बाट मन्त्री बनेका तीन जना सांसद शुक्रवार पदमुक्त भएपछि मुख्यमन्त्री शङ्कर पोखरेल पुनः अल्पमतमा परेका छन्। विमला एमालेमा फर्के पनि सरकारलाई बहुमत पुग्ने अवस्था छैन।

दाङमा भएको उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट चुनाव जितेकी विमलाले सर्वोच्चको फैसलाले नेकपा खारेज भएपछि माओवादी केन्द्र रोजेकी थिइन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्