१६ महिना भित्रमा काम सम्पन्न हुने गरी पर्वतको बर्रा चौरमा १५ शैयाको बर्रा चौर प्राथमिक अस्पतालको निर्माण कार्य सुरु



बिहा दी, पर्वत । पर्वत जिल्ला बिहा दी गाउँपालिका वडा नम्बर २ वर्रा चौरमा १५ शैयाको बर्रा चौर प्राथमिक अस्पतालको निर्माण कार्य आजवाट शुभारम्भ भएको छ । कार्यक्रमको शुभ आरम्भ बिहा दी गा.पा. अध्यक्ष श्री कमल प्रसाद भुसाल र बिहा दी २ का वडा अध्यक्ष श्री ओम प्रसाद कुवर ज्युले गर्नु भएको छ ।

६ महिना अगाडी नै टेन्डर छनोट भैसकेको उक्त कार्यको निर्माण गर्ने जिम्मा भ्याली बाबु रत्न जे.वि. कन्स्ट्रक्सन प्रा.ली. ले लिएको छ । यस प्रा.ली. का को अर्डिनेटर नवराज सिंजालले १६ महिना भित्रमा काम सम्पन्न हुने बताउनु भयो । उक्त कार्यक्रममा वडा सदस्य तथा जग्गा दाता श्री डोलिन्द्र गिरिले कृषकहरूलाई मर्का नपर्ने गरी समयमै काम सम्पन्न गर्नुपर्ने बताउनु भयो त्यसै गरी उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष ओम प्रसाद कुवरले यस १५ शैया प्राथमिक अस्पताल बर्रा चौरमा ल्याउनका लागि आफूलाई सहयोग गर्ने सम्पूर्ण टिमहरू प्रति र जग्गा दाताहरू प्रति आवार व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा प्रमुख अतिथि एवं बिहा दी गा.पा. का अध्यक्ष श्री कमल प्रसाद भुसालले सम्पूर्ण जग्गा दाताहरूलाई धन्यवाद दिँदै बिहादिका लागि ऐतिहासिक दिनमा थालनी भएको काम समयमा सम्पन्न गर्न जुन कुनै कसुर पनि वाकी नराख्ने कुरा व्यक्त गर्नु भयो । उक्त कार्यक्रमको सञ्चालन बर्रा चौर स्वास्थ्य चौकी प्रमुख भूपेन्द्र नाथ पौडेलले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्