बिर्तामोड नगरपालिकामा तालाबन्दी



झापा। बिर्तामोड नगरपालिकामा तालाबन्दी लगाइएको छ। सर्वसाधारणका लागि आएको खोप होटेलमा भेटिएको घटनाको सत्य तथ्य छानबिनको माग गर्दै माओवादी र काँग्रेस निकट विद्यार्थीको समूहले शनिवार बिर्तामोड नगरपालिकामा तालाबन्दी गरेका हुन्।

शुक्रवार बिर्तामोड स्वास्थ्य शाखाका फोका पर्सन ओमबहादुर खड्का १०३ लाइभ खोपसहित होटेल टाइमलेमा भेटिएका थिए। उनीमाथि होटेलमा खोप लुकाउन लागेको आरोप लागेको छ। ताला लगाउनेहरू नेपाल विद्यार्थी सङ्घ जिल्ला समिति झापा र अखिल क्रान्तिकारी झापाका विद्यार्थी रहेका छन्।

विद्यार्थीहरूले खोपमा कालोबजारी भएको र त्यसमा खड्का संलग्न रहेको आरोप लगाएका छन्। दोषी पहिचान गरेर कारबाही प्रक्रिया अघि नबढेसम्म ताला नखोलिने विद्यार्थीले बताएका छन्।

प्रहरीले खड्कालाई नियन्त्रणमा लिएर स्वास्थ्य कार्यालय झापामा कारबाहीका लागि बुझाएको थियो। तर, कार्यालयले खोप जिल्लाबाट वैधानिक रूपमा पठाइएको हुँदा लुकाइएको आरोप गलत भएको जनाउँदै खड्कालाई शुक्रवार नै घर पठाएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्