शिवरात्रीमा एक हजार बढी प्रहरी परिचालन गरिने



सैघाली खबर,
दाङ,२९ माघ । दाङमा शिवरात्रीको अवसरमा शान्ति सुरक्षाको लागि एक हजार बढी प्रहरी परिचालन गरिने भएको छ।

ठाउँ ठाउँमा ट्राफिक प्रहरी खटाएर सवारी चेक जाँच गरिने हुँदा मदिरा तथा गाँजा सेवन गरेर सवारी नचालाउने उनले आग्रह गरेकी छन्। विश्वकै अग्लो त्रिशूल रहेको दाङको धारापानी मन्दिरमा सुरक्षाको लागि डेढसयदेखि दुईसयको हाराहारीमा सुरक्षाकर्मी खटाउने तयारी गरिएको एसपी सिंहले बताइन्।

शिवरात्रीको अवसरमा जिल्लाका विभिन्न शिवालयहरूमा दर्शनार्थीको बाक्लो सहभागिता हुने भएको हुँदा उनीहरूको सुरक्षाको लागि एक हजार २५ जना प्रहरी जिल्लाका विभिन्न मन्दिरहरूमा परिचालन गर्न लागिएको दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले बताइन्।

धार्मिक आस्था अनुसार पर्व मनाउनु ठिक हो, तर, शिवको नाममा गाँजा,भाङजस्ता नशालु पदार्थ सेवन सही हैन,’ एसपी सिंहले भनिन्। उनले बाटो छेकेर वा डोरी रोकेर बाटोमा पैसा उठाउनु गलत भएको हुँदा पर्वको बाहानामा मनपरी भएमा पक्राउ र कारवाही हुने उनले चेतावनी दिइन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्