राजतन्त्र ल्याउन कोसिस गर्नेहरू इतिहासको कुडाकर्कटमा फालिन्छन् : माधव नेपाल



काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजतन्त्र ल्याउन कोसिस गर्नेहरू इतिहासको कुडाकर्कटमा फालिने बताएका छन्। शनिवार काठमाडौँमा आयोजित अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेता नेपालले राजतन्त्र फेरि फर्केर नआउने बताएका हुन्।

रगत र पसिना बगाएर ल्याएको संविधानलाई नकुल्चिन नेता नेपालले चेतावनी दिए। नेता नेपालले भने, ‘जनता नै सच्चा हिरो हुन्। उनीहरू नै परिवर्तनका संवाहक हुन्। राजतन्त्रलाई ढालेका छन्।

राजतन्त्र फेरि फर्केर आउने छैन। फेरि ल्याउने कोसिस गर्नेहरू इतिहासको कुडाकर्कटमा फालिने छन्। देशको हितमा रगत पसिना बगाएर ल्याएको संविधान हो। कसैले कुल्चिने प्रयास गर्छ भने त्यसलाई स्वीकार गरिने छैन।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्