Banner First

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

By Thaha - Online

July 31, 2021

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिवार बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध चयन गरेको हो।

पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो।

बैठकमा सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गरेका थिए भने महेन्द्र राय यादवले समर्थन गरेका छन्।बैठकमा २१ जना सङ्घीय सांसदहरूको उपस्थिति रहेको थियो।