दार्चुला घटना प्रति नागरिक समाज दाङको गम्भीर ध्यानाकर्षण



दार्चुलामा नेपाली नागरिक चढेको तुइन भारतीय सीमा सुरक्षा बलले काटेर ज्यादती गरेको भन्दै नागरिक समाज दाङले एक विज्ञप्ती जरी गदै सरकारकाे ध्यानाकर्षण गराएकाे छ । नेपाली युवा जय सिंहलाई भारतीय सुरक्षा निकायले तुइन काटिदिएर नदीमा खसालेर बेपत्ता भएको समाचारप्रति नागरिक समाज दाङले गम्भीर ध्यानाकर्षण गराएकाे हाे । भारतीय सरकारबाट स्पष्टीकरण, क्षतिपूर्ति, क्षमा याचना र दोषीलाई कडा कावाही गर्ने प्रतिबद्धता माग गर्दै नेपाल सरकाले दूतावासमार्फत यथाशीघ्र पत्राचार गरोस् भनि नागरिक समाज दाङले जोडदार माग गरेकाे छ ।  साथै भारतका लागि नेपाली राजदूतलाई नेपाल बोलाई यो जघन्य कार्यको सत्य तथ्य अध्ययन गरियोस् भनी अपिल गरिएकाे छ । “यस्ता मानवीय समवेदनाहीन कार्यको जति भर्त्सना गरे पनि कम हुन्छ । यस मानवता विरोधी कार्यप्रति नागरिक समाज दाङ घोर भर्त्सना गर्दछ ।” विज्ञप्तिमा उल्लेख छ ।

यस्ताे छ जारी प्रेस विज्ञप्ति:

मिति२०७८।०४।१६ गते शनिवार ।
दार्चुलाको महाकाली नदीमा तुइनमा टुङ्गिएर पारी गइरहेका नेपाली युवा जय सिंहलाई भारतीय सुरक्षा निकायले तुइन काटिदिएर नदीमा खसालेर बेपत्ता भएको समाचारप्रति नागरिक समाज दाङको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता मानवीय समवेदनाहीन कार्यको जति भर्त्सना गरे पनि कम हुन्छ । यस मानवता विरोधी कार्यप्रति नागरिक समाज दाङ घोर भर्त्सना गर्दछ ।

यस अमानवीय कार्यको भारतीय सरकारबाट स्पष्टीकरण, क्षतिपूर्ति, क्षमा याचना र दोषीलाई कडा कावाही गर्ने प्रतिबद्धता माग गर्दै नेपाल सरकारले दूतावासमार्फत यथाशीघ्र पत्राचार गरोस्, नागरिक समाज दाङ जोडदार माग गर्दछ । साथै भारतका लागि नेपाली राजदूतलाई नेपाल बोलाई यो जघन्य कार्यको सत्य तथ्य अध्ययन गरियोस् भनी हार्दिक अपिल गर्दछौँ ।

–के बी मसाल (संयोजक),
–नीमबहादुर थापा (उप–संयोजक)
एवं नागरिक समाज दाङ कार्य समिति परिवार ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्